arin enterprises

इन्टर मिलान लगातार दोस्रो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १२, मंगलबार

इटालियन सिरी ए मा इन्टर मिलान लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा इन्टर मिलानले काग्लीअरीलाई २–० ले पराजित गरेको हो ।

इन्टरको जितमा डेन्जल डम्फेस र लाउटारो मार्टिनेजले समान १/१ गोल गरेका थिए ।

खेलको २१ औं मिनेटमा डम्फेसले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।  ३० औं मिनेटमा मार्टिनेजले गोल गरेपछि इन्टरले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

यहि अग्रता अन्तिम सम्म कायम राख्दै इन्टरले जित निकाले ।

यो जितसँगै इन्टरको २ खेलमा ६ अंकमा रहेको छ । इन्टर तेस्रो स्थानमा रहेको छ ।

लिगको शीर्ष स्थानमा ६ अंकका साथ एसी मिलान रहेको छ ।

Categorized in स्पाेर्ट्स