इन्टर सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ७, बिहिबार

इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगमा बेन्फिकालाई २–० ले हराएको इन्टरले दोस्रो लेगमा बेन्फिकासँग ३–३ गोलको बराबरीमा खेल्यो ।
बेन्फिका माथि समग्रमा ५–३ ले जित हासिल गर्दै इन्टर अन्तिम चारमा पुगेको हो ।
इन्टरको घरेलु मैदानमा भएको दोस्रो लेगमा इन्टरका लागि निकोलो बरेलाले १४औ मिनेटमा , लाउटरो मार्टिनेजले ६५औं मिनेटमा र जोआक्विन कोरेयाले ७८ औं मिनेटमा गोल गरे ।
यस्तै बेन्फिकाका एन्टोनियो सिल्भा ३८औं, पिटर मुसाले ८६ औं मिनेटमा र फ्रेडरिक और्सनेसले खेलको अन्तिम समयमा गोल गरे ।
इन्टरले सेमिफाइनलमा इटालीकै एसी मिलानसँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स