PAN र UNDRR बिच अन्तरक्रिया सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० फाल्गुण २९, मंगलबार

देशैभरीका ३० हजार भन्दा वढि सामुदायिक विद्यालयहरुमा कार्यरत प्रधानाध्यापकहरुको गैर राजनीतिक र गैर नाफामुलक संस्था प्रिन्सिपल एशोसिएसन अफ नेपाल (PAN_ ले UNDRR/WeaRE टोलीससँग छलफल कार्यक्रम गरेको छ ।
आइतबार काठमाडौंमा सम्पन्न छलफल कार्यक्रममा देशका विभिन्न जिल्लाका तीस भन्दा बढी विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका नगर योजना आयोगका सदस्य ई. शैलेन्द्र झाले काठमाडौं महानगरबाट सञ्चालित शिक्षा सम्बन्धी कार्यक्रम तथा भावी योजना प्रस्तुत गर्दै परिवर्तित अवस्थामा नयाँ ढंगबाट अगाडि बढिरहेको बताए ।
WeaRE का कार्यक्रम निर्देशक ग्यारी डेला पोलमिराई, गणतन्त्र कोरिया, ईन्चोन महानगरपालिका प्रशासनिक अधिकारी सियोङमी डो, बुईन आधारभुत विद्यालयका प्रधानाध्यापक ह्युनगुन किम लगायतको टिमले विद्यालयलाई विपदबाट बचाउने उपायको साथमा ग्रीन स्कुल र सेफ्टी स्कुल बारेमा प्रस्तुति दिएका थिए ।
अन्तरक्रियामा युएनडिआरआर ओनिय एण्ड गेटीका एडमिनिष्ट्रेटिभ एसिस्टेण्ट हि दोङ्ग सिन, प्रोग्राम म्यानेजमेन्ट अफिसर युएनडिआरआर ओनिय एण्ड गेटीका प्रोग्राम म्यानेजमेन्ट अफिसर दारिया मोख्नाचेभा, एमओआइएसका निर्देशक ह्युनजुन जङ्ग, कोरियाका करिम इलेमेन्टरी स्कुलका प्रधानाध्यापक ह्युनगुन किम लगायतले विषयवस्तुसँग सम्वन्धित आआफ्ना प्रस्तुति राखेका थिए ।
कार्यक्रममा युएनएफआरआरकी प्रोग्राम म्यानेजमेन्ट अफिसर दारिया मोख्नाचेभा, प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य ज्ञानु खड्का, शान्ति शिक्षा मन्दिर मावि, ठहिटीका व्यवस्थापन समितिका अध्यक्ष नारायण दास मानन्धर, ध्भबच्भ का अध्यक्ष राम प्रसाद सुबेदी, सदस्य मेरिना लामा, कार्यशाला संस्थाका पुजा खनाल र उज्वल श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।
Categorized in समाज