आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ बैशाख ९, आइतबार

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
आज आइतबार विभागले नेपाल प्रहरी प्रधान कार्यालयमा संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सञ्चारकर्मीहरूसँग अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले यस्ता कार्यक्रम मार्फत सूचना प्रवाहमा देखा पर्ने समस्या र चुनौतिहरूको पहिचान भई निराकरणका लागि प्राप्त सुझाव र त्यसको कार्यान्वयनमा विभाग कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सारदा चालिसे र प्रेस काउन्सिल नेपालका शाखा अधिकृत महेन्द्र राज सिंहले सञ्चार माध्यमहरूबाट सम्प्रेषण हुने कुनै पनि घटनाहरूले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभाव नपार्ने हिसाबले आफ्नो क्षेत्राधिकार भित्र रहेर कुनै पनि पूर्वाग्रह नराखी सम्प्रेषण हुनुपर्नेमा जोड दिए ।
प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले नेपाल प्रहरीको मिडिया नीति, नेपाल प्रहरीको अपेक्षा, मातहत कार्यालयहरूबाट संकलित सुझावहरू बारे जानकारी दिएका थिए ।
Categorized in समाज