arin enterprises

११४औं अन्तर्राष्ट्रिय नारी दिवस

SamacharDesk | २०८० फाल्गुण २५, शुक्रबार

आज ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस ।

विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै  हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । 

सन् १९०८ मार्चमा  १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍य ाली गरेसँगै यसको बिजारोपण भएको थियो ।

यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ ।

पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो ।

यस वर्ष ‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

नेपालमा पनि हरेक वर्ष नारी दिवस मनाउने गरिए पनि यहाँका महिलाको अवस्थामा खासै उपलब्धि हुन सकेको छैन ।

तर पछिल्ला केही वर्ष यता उनीहरुका अधिकार स्थापित गर्न संविधानमा भएका केही संशोधनहरुले भएको परिवर्तन सकारात्मक भए पनि अझै नेपालका महिला आर्थिक, सामाजिक–सांस्कृतिक रुपले प्रताडित नै छन् ।

Categorized in राष्ट्रिय