arin enterprises

२४औं युवा दिवस मनाइयो

SamacharDesk | २०८० श्रावण २७, शनिबार

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगस्ट १२ का दिन नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

यसै अवसरमा राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो ।

दिवसको अवसरमा युवा परिषद्ले गरेको कार्यक्रममा भिडियो सन्देश दिंदै प्रधानमन्त्री पुष्पकमल दाहालले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।

उहाँले युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको बताउनुभयो ।

साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्ग प्रमुख धरोहरका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिने बताउनुभयो ।

उहाँले गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउन सरकारले राष्ट्रिय युवा नीति, २०७२ जारी गरी लागू गरिसकेको बताउनुभयो ।

परिवर्तनको संवाहक मानिने युवा भविष्यको मार्गचित्रसमेत भएको भन्दै उहाँले समुन्नत राष्ट्र निर्माणमा युवा समूहको अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले यस वर्षको युवा दिवसले दिगो विकासप्रति सचेत रहन युवालाई थप जिम्मेवारी सुम्पेको बताउनुभयो ।

यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो । रूपान्तरणका सबै आयाम, जस्तो कि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र शासकीय आयामलाई गतिशील बनाउन युवा वर्गको सार्थक सक्रियता जरुरी छ ।

युवा नै अल्मलियो भने मुलुक सधैँ अल्मलिइरहने छ । त्यस्तै युवाको सही उपयोग कसरी गर्ने रु युवालाई निर्माण कार्यमा कसरी स्वचालित गर्ने रु सिर्जना र सकारात्मकतामा कसरी ल्याउने र भन्ने चिन्ता र चासो नीति निर्मातामा रहनु पर्दछ । युवाका अपेक्षा र युवा उपयोगबिच सन्तुलन ल्याएर नै युवालाई उनीहरूको भविष्यप्रति आश्वस्त पार्न सक्नु पर्छ ।

Categorized in राष्ट्रिय