आज विश्वभरी युवा दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७८ श्रावण २८, बिहिबार

आज अगष्ट महिनाको १२ तारीख, अन्य वर्षहरुमा झैं यस वर्ष पनि नेपालसहित विश्वभरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदैछ ।
विश्वभरी कोरोना महामारीको अवस्थामा आज पर्न आएको अन्तर्राष्ट्रिय युवा दिवसमा मानव जगत र पृथ्वीको स्वास्थ्यलाई महत्व दिइएको छ ।
यस वर्षको दिवसमा ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नारा तय गरिएको छ ।
नेपालमा कोभिड १० को संक्रमण दिनहुँ बढिरहेको अवस्थामा दिवसको अवसरमा भौतिक उपस्थितीमा कुनै कार्यक्रमको आयोजना हुन सकेन । यद्यपि विभिन्न संघसंस्थाहरुले भर्च्युअल कार्यक्रमहरुको भने आयोजना गरेको छ ।
दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । त्यसैगरी युवा तथा खेलकुद मन्त्रालयले पनि दिवसको शुभकामना सन्देश जारी गरेको छ ।
साथै राष्ट्रिय युवा परिषद्ले पनि आज दिवसको अवसरमा भर्च्युअल कार्यक्रमको आयोजना गरेको छ ।
युवाका मुद्दालार्ई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ मा हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् २००० देखि अगष्ट १२ देखि विश्वभरी अन्तर्राष्ट्रिय युवा दिवस मनाईँदै आएको छ ।
नेपालमा भने पहिलो पटक सन् २००४ मा दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले कार्यक्रमको आयोजना गरेको थियो । सरकारी स्तरमा भने परिषद्कै अगुवाइमा विसं २०७३ देखि दिवस मनाउन थालिएको हो ।
नेपालमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा छन् । देशका कर्णधार युवाहरुको ठुलो संख्या शिक्षा र रोजगारीको खोजीमा देशको लागि ठुलै घाटाको रुपमा हेर्न सकिन्छ ।
देशमा अवसरको कमीको अवस्थामा अस्थीर राजनीतिक परिस्थितीका कारण भएका अवसरमा पनि गुम्दै गइरहेका छन् । यस्तो परिस्थितीका बीच वर्षेनी लाखौं युवाहरु विदेशीन बाध्य भइरहेका छन् ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार वार्षिक ५ लाख ३८ हजार युवाहरु विदेशीरहेका छन् । यद्यपि यो संख्यामा अहिले कमी आएको भने देखिएका छ ।
अहिले वर्षेनी विदेशीने युवाको करीब ३ लाख २३ हजारको हाराहारीमा झरेको छ ।
रोजगारीको अवसरको साथमा उद्योग, व्यवसायको लागि प्रोत्साहित गर्ने योजनाहरु लागू भएमा नेपाली युवाहरुको सीप र प्रतिभाले देश विकासमा ठुलो टेवा पुग्ने निश्चित छ ।
Categorized in समाज