आइपिएलको सत्रौं संस्करण आजदेखि सुरु
SamacharDesk | २०८० चैत्र ९, शुक्रबार

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको सत्रौं संस्करण आजदेखि सुरु हुँदैछ ।
सत्रौं संस्करणको सुरुवाती खेलमा चेन्नाई किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर आज बेलुकी भिड्दैछन् । अहिलेसम्म पाँच पटक उपाधि जितेको चेन्नाई आइपिएलकै सबैभन्दा सफल टिम हो । बैंगलोरले भने अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन ।
यो संस्करणमा १० वटा भारतीय टिमहरु चेन्नाई सुपर किङ्गस्, दिल्ली क्यापिटल, रोयल च्यालेन्जर बैंग्लोर, कोलकत्ता नाइट राइडर, मुम्बई इण्डियन, लखनउ सुपर जाइन्ट, राजस्थान रोयलस्, पञ्जाब किङ्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।
यो सिजनमा नयाँ ६ जना कप्तानले आप्mनो खेल कौशल देखाउने छ । आइपिएलको सुरुदेखि नैं कप्तानी गरिरहेका महेन्द्रसिंह धोनीले यसपटक चेन्नाईको कप्तानी छाडेका छन् ।
यसपटक चेन्नाईको नेतृत्व रुतुराज गायकवाडले गर्नेछन् । बैंग्लोर भने दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसको कप्तानीमा मैदानमा उत्रिनेछ । कप्तान जो भएपनि यो भिडन्तलाई धोनी र विराट कोहलीको भिडन्तको रुपमा हेरिएको छ ।
Categorized in स्पाेर्ट्स