arin enterprises

चेन्नई सुपरकिंग्सका तीन जना सदस्यलाई कोरोना संक्रमण

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २१, मंगलबार

आइपिएल टिम चेन्नई सुपरकिंग्सका तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

आइतबार चेन्नई सुपरकिंग्सको सबै सदस्यको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

चेन्नईका सिइओ कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी  र एक बस ड्राइभरको नतिजा पोजेटिभ आएको छ भने बाँकि अन्य सदस्यको नेगेटिभ नतिजा आएको छ ।

उनीहरु तीनै जनाको सोमबार बिहान पनि पुनः परीक्षण गरिएको छ । यदि फेरि पनि पोजेटिभ नजिता आएमा तीनै जना १० दिनको क्वारेन्टिनमा बस्नेछन् र टिममा फर्कन दुई पटक नेगेटिभ नतिजा आउनु पर्नेछ ।

यसअघि कोरोनाकै कारण सोमबारका लागि तय भएको रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकता नाइटराइडर्सबीचको खेल स्थगित भएको थियो ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिरहेको छ। दैनीक ३ लाख बढीमा संक्रमण भइरहदा ३ हजार बढीको मृत्यु भइरहेको छ।

Categorized in स्पाेर्ट्स