arin enterprises

इरानका राष्ट्रपति इब्राहिम हेलिकप्टर दुर्घटनामा मृत्यु

SamacharDesk | २०८१ जेठ ७, सोमबार

इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ ।

इरानबाट अजरबैजान प्रान्तको राजधानी शहर ताब्रिजतर्फ जाँदै गरेको हेलीकोप्टर दुर्घटनामा परेको हो । उडान भरेको केही समयमानै सम्पर्क बिहिन बनेको हेलिकप्टर आज बिहान राजधानी तेहरान भन्दा ६ सय किलोमिटरको दुरीमा अजरबैजानको सीमावर्ती शहर जोल्फामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

बेपत्ता हेलिकप्टर खोजीका लागि रुसले बिज्ञको टोली सहितको उद्धारटोली र हेलिकप्टर परिचालन गरेकोमो आज बिहान इरानी रेडक्रस र रेड क्रिसेन्टले आफ्ना उद्धारकर्ताले दुर्घटना अवस्थामा फेला पारेको हो ।

रेडक्रसका झण्डै ७३ उद्धार टोली रातभरी हेलीकोप्टरको खोजी तथा उद्धारमा खटिएकोमा हेलिकप्टर पुरै जलेको अवस्थामा फेला परकेो हो । उक्त हेलिकप्टरमा इरानका राष्ट्रपति रैसी लगाएत विदेशमन्त्री हुसेन अमिर अब्दुलाहियान सहित ९ यात्रु सवार रहेकोको बुझिएको छ ।

उक्त हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ । यसैबीच इरानका राष्ट्रपतिको निधनले इरान शोकमा डुबेको छ ।

यसैगरी राष्ट्रपतिको निधनप्रति देश बिदेशबाट शोक ब्यक्त गरिएको छ । इरानमा मध्यस्थतामा इजरायल र हमासबीच युद्धबिरामका लागि पहल भइरहेकोमा उहाँको निधनले युद्धबिराम पनि अन्यौलमा परेको छ ।

राष्ट्रपति रैसी सन् २०२१ मा ६३ वर्षीय रैसी इरानका लागी रााष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय