विवाह समारोहमा आगलागी हुँदा सय बढीको मृत्यु
SamacharDesk | २०८० आश्विन १०, बुधबार
इराकको क्रिश्चियन बाहुल्य रहेको सहर काराकोशको एक विवाह समारोहमा भाग लिन जाँदा अहिलेसम्म १ सय भन्दा बढीको मृत्यु भएको छ ।
इराकको सरकारी सञ्चारमाध्यमका अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा आगलागी भएपछि उक्त घटना घटेको हो ।
घटनामा थुप्रै घाइते भएका छन् । विवाह समारोहको हलभित्र आतिशवाजीका कारण आगलागी भएको बताइएको छ । घटनामा बेहुला र बेहुली समेतको ज्यान गुमाएको आशंका गरिएको छ ।
इराकको नागरिक सुरक्षा निर्देशनालयका अधिकारीहरुले विवाह स्थल निर्माणमा कमसल खालका सामग्री प्रयोग गरिएकाले आगो तीव्ररुपमा फैलिएको र धेरै क्षति भएको बताएका छन् ।
यता रेडक्रसले भने अहिलेसम्म द्धछण् जनाको मृत्यु भएको बताएको छ तर मृत्युको संख्या पुष्टि गर्न सकेको छैन
Categorized in अन्तर्राष्ट्रिय