इटालीको पहिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १३, सोमबार

युरोकप छनोटमा इटालीले पहिलो जित निकालेको छ । गएराति माल्टालाई २–०ले हराउँदै इटालीले पहिलो जित निकालेको हो ।
इटालीको जितमा माटियो रेटेगुई र माटियो पेसिनाले एक एक गोल गरे ।
माल्टाको टा काली स्टेडियममा भएको खेलको १५ औं मिनेटमा माटियो रेटेगुईले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । पहिलोहाफ मै लिएको २–०को अग्रतालाई अन्तिम सम्म जोगाउँदै इटली विजयी भयो ।
यो जितसँगै इटालीले २ खेलमा ३ अंक जोडेको छ । इटाली समूह सी को दोस्रो स्थानमा रहेको छ ।
माल्टाको यो लगातार दोस्रोसँगै अंक विहिन छ ।
Categorized in स्पाेर्ट्स