arin enterprises

बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १९, शनिबार

 बेल्जियमलाई हराउँदै इटालीले युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति जर्मनीको एलिनाज स्टेडियममा भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै इटालीले सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३० औं मिनेटमा निकोलो बरेलाले र ४४ औं मिनेटमा लोरेन्जो इन्सिनेले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए ।

यसअघि खेलको १३ औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीको गोलले गरेका थिए । तर, भीएआरबाट बुनिची अफसाइड देख्दा मान्यता पाएन ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टी मार्फत गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसके खेल इटालीले २–१ ले आफ्नो पोल्टामा पारे ।

यो जितसँगै इटालीले ३२ खेलमा अपराजित रहको छ ।

अब इटालीले सेमिफाइनलमा तीन पटक युरो च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । 

Categorized in स्पाेर्ट्स