स्विजरल्याण्डलाई हराउँदै इटाली अन्तिम १६ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ३, बिहिबार

स्विजरल्याण्डलाई हराउँदै इटालीले युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति रोम स्थित ओलम्पिक स्टेडियममा भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो ।
खेलको २६ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । उनले डोमिनिको बेरार्डीको पासमा उनले गोल गरेका हुन् । ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रतालाई दोब्बर बनाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा सिरो इमोबाइलले राफेलको पासलाई सदुपयोग गर्दै गोल गरेर इटालीलाई ३–० को जित दिलाए ।
यसअघि खेलको १९ औं मिनेटमा जर्जियो चेलीनीले गोल गरेका थिए । तर, गोल गर्नु अघि ह्यान्डबल गरेको कारण उनको गोलले मान्यता पाएन ।
यो जितसँगै समूह ‘ए’ इटालीले २ खेलमा ६ अंक जोड्दै अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।
समूहको तेस्रो स्थानमा रहेको स्विजरल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स