arin enterprises

अफ्रिका कप अफ नेसन्सको उपाधि आइभोरी कोस्टलाई

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ २९, सोमबार

सन् २०२३ को अफ्रिका कप अफ नेसन्सको उपाधि आयोजक आइभोरी कोस्टले जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा आइभरी कोस्टले नाइजेरियालाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

खेलमा अग्रता भने नाइजेरियाले लियो । नाइजेरियाका लगि ट्रोस्ट इकोङले खेलको ३८ मिनेटमा गोल गरे ।

केइसीले ६२ मिनेटमा गोल गरेपछि आइभरी कोस्ट खेलमा फर्कियो । ८१ मिनेटमा सेबास्टियन हलरले गोल गर्दा आइभरी कोस्टले अग्रता लिएको थियो ।

पश्चिम अफ्रिकी देश आइभरी कोस्टले यसअघि सन् १९९२  र २०१५ मा उपाधि जितेको थियो ।

Categorized in स्पाेर्ट्स