arin enterprises

जापानले कोस्टारिकालाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १०, बुधबार

महिला विश्वकपमा जापानले कोस्टारिकालाई हराएको छ । बुधबार भएको समुह सी को खेलमा जापानले कोस्टारिकालाई २–० गोलले हराएको हो ।

न्युजील्याण्डमा भएको खेलमा जापानले दुवै गोल पहिलो हाफमा गरेका थिए ।

खेलको २५ औं मिनेटमा हिकारु नाओमोटोको गोलवाट जापानले अग्रता लिए ।

त्यसको दुई मिनेटपछि आओवा फुजिनोले जापानको अग्रता दोब्बर पारे । दोस्रो हाफमा अरु गोल गर्न नसकेपनि यहि अग्रतालाई अन्तिमसम्म जोगाउँदै जापान विजय भयो ।

यो जापानको समुह खेलमा दोस्रोे जित हो । दुई खेलमा ६ अंक जोड्डै जापान समूहको शीर्ष स्थानमा छ ।

यस्तै लगातार दोस्रो हारवाट कोस्टारिका समुहको तेस्रो स्थानमा अंक बिहिन छ । 

Categorized in स्पाेर्ट्स