नर्वेलाई हराउँदै जापान क्वाटरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २०, शनिबार

नर्वेलाई हराउँदै जापान महिला विश्वकप २०२३ को क्वाटरफाइनलमा पुगेको छ ।
शनिबार पूर्व विश्वकप विजेता राष्ट्रद्वयको भिडन्तमा नर्वेलाई ३–१ ले हराउँदै जापान क्वाटरफाइनलमा पुगेको हो ।
वेलिंगटन रिजनल स्टेडियममा भएको खेलको १५ औं मिनेटमा इनग्रिड एनगेनको आत्मघाती गोलको मद्दतमा जापानले अग्रता लिएको थियो ।
गुरो रेटेनले २० औं नर्वेलाई लागि बराबरी गोल फकाएसँगै पहिलो हाफ बराबरीमा टुंगेको थियो ।
त्यसपछि दोस्रो हाफमा जापानका लागि सिमिजुले ५० औं र मियाजावाले ८१ औं गोल गरेका थिए ।
अब जापानले अर्को चरणमा मेरिका र स्वीडेनबीचको विजेताको सामना गर्नेछ ।
Categorized in स्पाेर्ट्स