arin enterprises

जापानले प्रक्षेपण गर्न लागेको रकेट केही क्षणमै ध्वस्त

SamacharDesk | २०८० फाल्गुण ३०, बुधबार

जापानी स्टार्ट-अप स्पेस वन द्वारा प्रक्षेपण गरिएको पहिलो रकेट बुधबार टेक अफ भएको केही सेकेन्डमा विस्फोट भएको छ ।

टोकियोस्थित स्पेस वानको १८ मिटर ९६० फिट० अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेण्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो ।

जसले उपग्रहलाई कक्षमा राख्ने देशको पहिलो निजी कम्पनी बन्ने आफ्नो महत्वाकांक्षा ध्वस्त भएको छ । रकेट विस्फोट भएर धुँवाको ठूलो मुस्लो नजिककैको जंगलमा खसेको थियो ।

जसले जंगलमा आगलागी समेत भएको थियो । पछि अग्नियिन्त्रकहरुले निभाइयो ।

स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा, “पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्राविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ” जनाइएको छ।

सो रकेट प्रक्षेपणको दृश्यावलोकन गर्न सयौं सयौँ युवा र वृद्ध दर्शकहरू भेला भएका थिए । यो असफलताले सम्भावित आकर्षक स्याटेलाइट–प्रक्षेपण बजारमा प्रवेश गर्ने जापानको प्रयासलाई धक्का दिएको छ ।

रकेटको नाम प्राचीन ग्रीक भाषा अनुसार काइरोसको अर्थ ‘सही क्षण’ हो । उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्हरूले गरेका थिए ।

पार्टपुर्जाको अभाव र अन्य समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि कैरोसको प्रक्षेपण पाँच पटक स्थगित गरेको थियो ।

Categorized in अन्तर्राष्ट्रिय