उपाधि दावेदारहरुकै हार
SamacharDesk | २०७९ मङ्सिर १६, शुक्रबार

यस वर्षको विश्वकप उपाधि दावेदारहरु जर्मनी र बेल्जियम विश्वकप फुटबलको समुह चरणबाटै बाहिरिएका छन् ।
त्यस्तै विश्वकप विजेता स्पेनले पनि हिजो जापानसँग हार व्यहोर्नुपरेको छ । तर स्पेन भने अंकको आधारमा राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ ।
हिजो भएको समूह ई का खेलमा जर्मनीले कोस्टारिकालाई ४–२ ले हराएको थियो । उता समुह एफको अन्तिम खेलमा क्यानाडालाई २–१ ले हराउँदै मोरक्को समुह विजेता बन्यो ।
उसले तीन खेलबाट ७ अंक बटुल्यो । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेको क्रोएसिया ५ अंकसहित दोस्रो हुँदा ४ अंक जोडेको बेल्जियम समुह चरणबाटै बाहिरियो ।
त्यस्तै गएराति समुह ई बाट जापान र स्पेन तथा समुह एफ बाट मोरक्को र क्रोएसिया राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् । समुहको अन्तिम खेलमा जापानले स्पेनलाई २–१ ले हरायो ।
यो खेलमा स्पेनका अल्भारो मोराटाले पहिलो गोल गरेपनि जापानका रित्सु डोनले बराबरी गोल गरे । ५१ औं मिनेटमा आओ तानाकाले जापानका लागि निर्णायक गोल गरे । यो गोल गर्नुभन्दा अगाडि नै बलले लाइन क्रस गरिससकेको भन्दै विरोध पनि भयो ।
तर भिडियो असिस्टेन्ट रेफ्रीले यसलाई गोल दिएपछि जापान विजयी भयो । जितसँगै तिन खेलबाट ६ अंक जोडेको जापान समुह विजेता बन्दा ४ अंकसहित स्पेन दोस्रो भयो ।
समान ४ अंक जोडेको जर्मनी गोल अन्तरको आधारमा तेस्रो हुँदै समुहबाट बाहिरियो । गएरातीको खेलपछि राउण्ड अफ सिक्सटिनको खेलमा जापानले क्रोएसियासँग खेल्दा मोरक्को र स्पेन भिड्नेछन्
Categorized in स्पाेर्ट्स