जसपा फुटको संघारमा
SamacharDesk | २०७९ आषाढ २८, मंगलबार

जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । उहाँले आजको बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पार्टीभित्र देखिएका ६ वटा समस्या औंल्याइएको छ ।
भट्टराईले जसपामा मुख्य वैचारिक समस्या रहेको उल्लेख गर्नुभएको छ । पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम गरिएको भए पनि कार्यान्वयनका क्रममा बुझाइमा एकरुपता नभएको उहाँले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।
भट्टराईले जसपाको अर्को समस्याको रुपमा संगठनात्मक समस्या रहेको बताउनुभएको छ । समायोजनकै बेलादेखि ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भएको उहाँको आरोप छ ।
पार्टीको नेतृत्व एकल हुने कि सामूहिक भन्ने विषयमा मतभेद देखिएको भन्दै प्रतिवेदनमा महत्वपूर्ण विषय र एजेण्डामा समिति प्रणालीबाट निर्णय हुनुपर्ने भए पनि अध्यक्षमा त्यस्तो रुची नदेखिएको उल्लेख छ ।
काठमाडौंमा आजबाट सुरु भएको केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ ।
अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाउनुभएको छ । संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबी गर्नुभयो ।
अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै भट्टराईले इतिहास भुलेर गरेको कुरामा कुनै सत्यता नरहेको जिकिर गर्नुभयो । उहाँले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको भन्दै अवैध ढंगबाट गलत मनशायले बोलाएको गुटको बैठकलाई मान्यता नदिने चेतावनी दिनुभयो ।
कतिपय कुटनीतिक सवाल र बिशेषतः एमसीसी प्रकरणले पार्टीको मूलपंक्तिमै देशको भूराजनीति र परराष्ट्र नीति संचालनबारे फरक सोच देखिएको उहाँको निष्कर्ष छ ।
पार्टी एकीकरणका तीन वर्षसम्म नेतृत्वले कांग्रेस र कम्युनिस्टको विकल्प बन्नेभन्दा क्षेत्रीय दलमै सीमित हुने चाहना राखेको भट्टराईको आरोप छ ।
Categorized in राजनीति