arin enterprises

जसपाले पनि मन्त्री हेरफेर गर्ने

SamacharDesk | २०७९ आषाढ १७, शुक्रबार

जनता समाजवादी पार्टीले पनि सरकारमा सहभागी आप्mना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

केही दिनअघि मात्र नेकपा समाजवादीले आप्mनो भागका वहालवाला चार मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरेको थियो ।

जसपाको केन्द्रीय कार्याकारिणी बैठकबाट अधिकार प्राप्त अध्यक्ष उपेन्द्र यादवले मन्त्रीलाई फिर्ता बोलाउनु भएको हो ।

यादवले नयाँ मन्त्रीहरुको नाम पनि हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसक्नुभएको छ ।

जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव रहेका छन् ।

जसपाबाट डा. बाबुराम भट्टराइ पक्ष बाहिरिने तयारी गरिरहेकाले अध्यक्ष यादवले सम्भावित फुटबाट कम क्षति हुने गरी नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको बुझिएको छ ।

Categorized in राजनीति