arin enterprises

जसपा गठबन्धनबाट बाहिरिने संकेत

SamacharDesk | २०७९ आश्विन १६, आइतबार

गठबन्धनको एक दल जनता समाजवादी पार्टीले सत्ता गठबन्धनबाट बाहिरने संकेत दिएको छ ।

सत्ता गठबन्धन दलहरुबीच आगामी निर्वाचनको सिट बाँडफाँड निष्कर्षमा पुग्न नसकिरहेको बेला जसपाले उक्त निर्णय गरेको हो ।

सत्ता गठबन्धनका अन्य दलसँग चित्तबुझ्दो अवस्था नभए पछि एक्लै चुनावमा जाने वा अन्य सत्ता बाहिरका दलसँग तालमेल गर्ने निर्णय जसपाले गरेको छ ।

पार्टी प्रवक्ता मनिष सुमनद्वारा जारी विज्ञप्तिमा सम्भव भएसम्म विकल्पका रुपमा अन्य राजनीतिक दलहरुसँग निर्वाचनमा सिटको तालेमल गर्न सकिने र तालमेल हुन नसके एक्लै चुनावमा जाने निर्णय भएको उल्लेख छ ।

जसपाको उक्त निर्णयले सत्तारुढ पाँच दलीय गठबन्धनमा पछिल्ला केही दिनदेखि चलिरहेको प्रत्यक्षतर्फको सिट बाँडफाँटको छलफल पनि प्रभावित भएको छ ।

गठबन्धन दलहरु समानुपातिकतर्फको बन्दसूची संशोधन गर्न आ–आफ्नो पार्टीको छलफलमा व्यस्त भएपछि प्रत्यक्षतर्फको छलफल नै प्रभावित भएको हो ।

गठबन्धनका दलहरुभित्र निर्वाचन आयोगमा बुझाएको बन्द सूचीप्रति तीब्र असन्तुष्टिपछि संशोधनसहित मिलाउन आ–आफ्नो पार्टी छलफलमा जुटेका छन् ।

यसले प्रत्यक्षतर्फ सीट बाँडफाँट मिलाउने जिम्मा पाएको कार्यदलको बैठक समेत प्रभावित भएको छ ।

गठबन्धनका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाका केही निर्वाचन क्षेत्रमा सहमति जुटेको दाबी गरिए पनि जसपाको निर्णयले बाँडफाँड सन्तोषजनक नरहेको र निष्कर्षमा पनि नपुगेको विश्लेषण गरिएको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082