arin enterprises

बझाङमा जीप दुर्घटना हुँदा ८ को मृत्यु

SamacharDesk | २०७९ कार्तिक ३, बिहिबार

बझाङको मष्टा गाउँपालिका स्थित चिउरीमा हिजो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

७ जनाको घटनास्थलमा र एक जनाको अस्पताल लग्ने क्रममा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा मष्टा गाँउपालिका– २ का एकै घरका दाजु भाई १५ वर्षिय रोशन खड्का र प्रचण्ड खड्का, ८ वर्षिया सम्झना खड्का, ३८ बर्षिय विरेन्द्र अधिकारी, मष्टा गाउँपालिका– ३ की २६ वर्षिया बसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दक्षिका कठायत र शुक्लाफाटा नगरपालिका– ७ घर भएका ४२ वर्षिय झरेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गम्भीर घाइते भएकी मष्टा गाउँपालिका– २ की ५० वर्षीया सिन्कीदेवी भण्डारीको भने उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १५ जनामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बुधबार जिल्ला सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेकोे जीप सडकबाट २ सय मिटर तल खसेको थियो ।

एउटै वडाका आठ जनाको मृत्यु भएपछि मष्टा गाउँ नै शोकमा डुबेको छ ।

Categorized in समाज