arin enterprises

सुर्खेतमा दुर्घटना हुँदा ४ को मृत्यु

SamacharDesk | २०७९ माघ ८, आइतबार

सुर्खेतको वीरेन्द्रनगरमा हाइलक्स गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ को झुप्राखोला भन्ने स्थानमा गएराती साढे २ बजेतिर जीप दूर्घटना भएको र जीपमा सवार पाँच जना मध्ये चार जनाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

छिन्चुबाट सुर्खेततर्फ गइरहेको  वाग्मती प्रदेश ०१० च ९२१३ नम्बरको डबल क्याब हाइलक्स गाडी विरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलामा सडकबाट खसेको हो ।

दुर्घटनामा सुर्खेत नगरपालिका वडा नम्बर ७ का जीप चालक २७ वर्षिय सागर शाही, डुंगेश्वर गाउँपालिका वडा नम्बर ५ का ३३ बर्षिय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षिय बबिन शाही र दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ३ का ३६ वर्षिय राजेन्द्र विसी रहेका छन् ।

दूर्घटनामा गम्भीर घाइते भएका उनीहरु चारै जनाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज विहान निधन भएको हो । दूर्घटनामा दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएको उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतकै भेरीगंगा गाउँपालिकाबाट वीरेन्द्रनगरतर्फ आईरहेको हाइलक्स जीप सडकबाट ७० मिटर जति तल खसेर दूर्घटना भएको हो ।

Categorized in समाज