arin enterprises

सल्यानमा जीप दुर्घटना हुँदा ८ को मृत्यु

SamacharDesk | २०७९ आश्विन १२, बुधबार

बाँकेको कोहलपुरबाट सल्याङतर्फ गईको रा १ ज ५६३ नम्बरको जीप सल्यानको मुलपानीमा दुर्घटना दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

आज विहानै भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको र १ जनाको उद्धार पछि उपचार लागि दाङ तुलसीपुरमा लगेको प्रहरीले जनाएको छ ।

जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए ।

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन् ।

Categorized in समाज