arin enterprises

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

SamacharDesk | २०७९ भाद्र २६, आइतबार

भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।

काठमाडौंमा येँया अर्थात् ईन्द्रजात्रा शुरु भएको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै आएको छ । प्राविधिक कारणले प्रत्येक वर्ष नभए पनि यो वर्ष भने विरेन्द्रभक्त गजू श्रेष्ठ जिब्रो छेड्न तयार भएसँगै जात्रा सम्पन्न भएको हो ।

थिमि नगरको मध्यभागमा अवस्थित दिगुभैरव अगाडिको डबलीमा श्रेष्ठले जिब्रो छेडेका हुन् । करिब १ फिट लामो फलामको तीनमुखे सियोले कर्मी नाईकेबाट जिब्रो छेड्नुपर्ने परम्परा रहेको छ ।

जिब्रो छेडेपछि चन्द्र आकारको आकास दीप बोकेर श्रेष्ठले थिमि नगरका पुराना टोल, बोडे, नगदेश तथा सूर्यविनायक नगरपालिकाको दक्षिण बाराही परिक्रमा गरेका थिए ।

जात्रामा जिब्रो छेड्नेलाई बाटो देखाउने स्वरुप मानन्धर समुदायहरुले  यांमत (वत्ति) देखाउने परम्परा रहेको छ । त्रिशुल आकारमा बनाइएको वत्तिलाई यांमत भन्ने गर्दछ ।

साधारणतयाः बैशाखमा आयोजना हुने बिस्केट जात्रामा मध्यपुरको बोडेमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा हुने गर्दछ । तर, सोही नगरमा आश्विन शुक्ल पूर्णिमाको साँझ पनि जिब्रो छेड्ने जात्रा हुने परम्परा रहेको छ ।

धेरै समयदेखि बन्द भएको यो जात्रा वि.सं. २०५३, २०५९, २०६३, २०७४ र २०७५ सालमा भएको थियो ।  थिमिको जिब्रो छेडने जात्रामा भने हनुमानढोका दरबारबाट लगिएको राज खड्गलाई सहभागी गराउनुपर्ने परम्परा छ ।

तत्कालिन अवस्थामा नगरमा दुःख दिने भूतप्रेतलाई भगाउनका निम्ति यो जिब्रो छेड्ने जात्रा भएको जनविश्वास रहेको छ ।

Categorized in संस्कृति
SKIP THIS four nine