arin enterprises

बोडेमा “जिब्रो छेड्ने” जात्रा मनाईंदै

SamacharDesk – Ram Dangol | २०८१ बैशाख २, आइतबार

बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज हरेक वर्ष वैशाख २ गते मनाईंदैछ । नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले गएको वर्ष पनि जिब्रो छेडाएका थिए ।

युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको श्रेष्ठको भनाइ छ ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ । जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्दछन् ।

यसका लागि एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च  लामो सुइरोले जिब्रो छेडेर विशेष पहिरन र खुटटामा तान्त्रिक घण्टी लगाई नगर परिक्रमा गरिन्छ ।

महादीप बोकेर नगर परिक्रमा गरी बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुने गर्दछ । रोग ब्याधी नलागोस्, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्राथना गर्दै जिब्रो छेडेर सहकालका देवता पुजिने परम्परा रहेको छ ।

किंवदन्ती अनुसार एउटा राक्षसले गाउंमा छिरेर दुख दिएको र त्यस राक्षसलाई समाति राक्षसको सांकेतिक प्रदर्शनी स्वरूप जिब्रो छेड्ने जात्रा मनाइने गरेको किवंदन्ती छ ।

तसर्थ मध्यपुरमा मनाइने सिन्दुर जात्रा र बोडेमा मनाइने बिज्रो छेड्ने जात्रा एकआपसमा सम्बन्धि रहेको पाइन्छ ।

दुवै जात्रा भक्तपुर गाउँमा पसेर दुःख दिएका राक्षसलाई समाति नगरपरिक्रमा गराई कहिल्यै नफर्किने गरी लखेटेको खुसियालीमा सिन्दुर जात्रा गरेको किंवदन्तीबाट थाहा पाउन सकिन्छ ।

Categorized in संस्कृति