उपाधीको लागि जोर्डन र कतार भिड्डै
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ २५, बिहिबार

एएफसी एसियन कपको उपाधिको लागि कतारले जोर्डनसँग खेल्ने भएको छ । बुधबार इरानलाई ३–२ गोल अन्तरले हराउँदै कतार प्रतियोगिताको फाइनल प्रवेश गरेपछि जोर्डनसँगको भेट निस्चित भएको हो ।
यसअघि जोर्डन दक्षिण कोरियालाई हराउँदै जोर्डनले फाइनल स्थान सुरक्षित गरिसकेको छ । गएराति खेलमा अग्रता इरानले चौथों मिनेटमा सरदार अजमेनको गोलमा लिएको थियो ।
जस्सेम गबर अब्दुलसल्लमले १७ औं मिनेटमा कतारका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन दुई मिनेटअघि अकरम अफिफले कतारलाई २–१ को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा अलिरेजा जहानबख्शको गोलमा इरानले खेल बराबरीमा ल्याएको थियो । तर खेल सकिन ८ मिनेट अघि अलमोएज अलीले गोल गर्दै कतारलाई जित दिलाएका थिए ।
इन्जुरी समयमा शोजाए अलिलजदेहले रातो कार्ड खादै मैदान बाहिरिएपछि इरान १० खेलाडीमा सिमित बनेको थियो ।
Categorized in स्पाेर्ट्स