शताब्दी पुरुष जोशीको १०४औं जन्मजयन्ती मनाइयो
SamacharDesk | २०८० बैशाख ३१, आइतबार

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०४औ जन्मजयन्ती मनाइएको छ ।
साताव्यापी जन्मजयन्ती मनाउने कार्यक्रम अन्तर्गत हिजो अन्तिम दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा पाटन दरबारमा उक्त जन्मजयन्ती मनाइयो ।
लोकसाहित्य परिषदका संस्थापनक समेत रहनु भएका जोशीको जन्मजयन्ती समारोहमा उहाँले पु¥याउनु भएको योगदान तथा विभिन्न क्षेत्रमा खेलेको भूमिका बारे वक्ताहरुले चर्चापरिचर्चा गरेका थिए ।
कार्यक्रममा ७९ वर्षकी चिरीमैँ अवालेलगायतका व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीसँग आत्मीय सम्बन्ध भएका व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्नुभएको थियो ।
सो अवसरमा गृहमन्त्री श्रेष्ठले स्व. जोशीका कृतित्व र व्यक्तित्व नयाँ पुस्ताका लागि प्रेरणादायी भएको बताउनु भयो । उहाँले स्व. जोशीले पु¥याउनु भएको योगदानको सधैँ स्मरण गर्नुपर्ने बताउनुभयो ।
Categorized in समाज