arin enterprises

प्रधानसेनापति प्रशंसा पदकबाट जोशी सम्मानित

SamacharDesk – बिराज | २०७७ चैत्र १, आइतबार

समाजसेवी अजरमान जोशी प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित भएका छन् । ललितपुरमा जनतासँग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पुर्‍याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी जोशीलाई पदकबाट सम्मानित गरेको हो ।

सेना दिवस २०७७ को अवसरमा जोशीलाई नेपाली सेनाले सो पदक प्रदान गरेको हो ।

नेपाली सेनाको राजदल गणले जनतासँग सम्बन्ध बढाउन आयोजना गरेको विभिन्न कार्यक्रम सफल बनाउन जोशीले संयोजन गर्नुभएको थियो । जोशीको सोही योगदानको कदर गर्दै सो पदक प्रदान गरिएको बताइएको छ ।

जनतासँग सेना कार्यक्रम अन्तर्गत ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित विशेष ‘ब्यान्ड डिस्प्ले’ सम्पन्न गर्न जोशीले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै सामाजिक, सरसफाई कार्यक्रममा गणका सेनालाई सहभागी गराउन र सेनासँग मिलेर विद्यालयका बालबालिकाहरुलाई विपद सम्बन्धी कार्यक्रम सञ्चालन गर्न जोशी अग्रसर हुनुभएको थियो ।

नेपाली सेनाले अघि सारेको एकिकरण पदमार्गलाई ललितपुरको सन्दर्भमा प्रवर्ध्दन गर्न पनि जोशीको योगदान रहेको बताइएको छ । सेनाले आयोजना गरेको एकिकरण अवधारणाको विचार गोष्ठीमा सहभागी भइसक्नुभएका जोशीले भन्नुभयो ‘त्यसले ऐतिहासिक महत्वका क्षेत्र, गढीहरुको संरक्षण गर्ने छ, ती स्थानलाई पर्यटकीय गन्तव्य बनाउन सघाउने छ । अन्ततः त्यसले स्थानीयस्तरमा आर्थिक विकासमा टेवा पुर्‍याउने छ ।’

आफ्नो योगदानको कदर गरेकोमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, राजदल गणलगायत नेपाली सेनालाई आभार प्रकट गर्दछु ।’ ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका जोशीले भन्नुभयो ।

Categorized in समाज