arin enterprises

पत्रकार बानियाँको शव फेला पार्यो

SamacharDesk – बिकाश | २०७७ श्रावण २८, बुधबार

विगत केही दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ ।

गएको तीन दिनदेखि हराइरहेका उनको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाइड्रोपावर क्षेत्रमा फेला परेको हो ।

३ दिनअघि उनले बल्खु खोलामा हाम फालेको बताइएको छ भने केहीले उनलाई बचाउन पनि खोजेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आजै विहान महानगरीय अपराध महाशाखाको टोलीले बल्खु खोला नजिकै उनको जुत्ता फेला पारेको र उक्त जुत्ता उनकी छोरीले पहिचान गरेकी थिइन् ।

तीन दिन अघिबाट उनी परीवारको सम्पर्कबाट बाहिरिएपछि खोजि गरिदिन महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए ।

उनको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको छ ।

स्व. बानियाँ कान्तिपुर दैनिकमा कार्यरत थिए ।

Categorized in समाज