arin enterprises

पत्रकार दबू ललितपुरको पदाधिकारी सबैमा महिला

SamacharDesk – बिराज | २०७९ आश्विन ९, आइतबार

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महिला नेतृत्व पाएको छ । पत्रकार दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित भएकी छन् ।

२०५४ सालदेखि सञ्चारको श्रव्य विधामा सक्रिय रहनुभएकी बज्राचार्य शनिबार सम्पन्न शाखाको तेस्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् । त्यसैगरी कार्यसमितिको उपाध्यक्षद्वयमा लक्ष्मीकुमारी श्रेष्ठ, सुनीता बाटाजु चयन भइन् ।

पूर्णिमा शाक्य सचिवमा चुनिँदा सहसचिवमा कुसुम शाक्य र कोषाध्यक्षमा कल्पना महर्जन रहनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यमा बाबुकाजी महर्जन ‘जल्मी’ पवित्रकुमार महर्जन लगायत चुनिएका छन् । कार्यसमितिमा निर्वतमान अध्यक्षको रुपमा सागर महर्जन पनि रहनेछन् ।

त्यसैगरी केन्द्रीय सभासदमा सागर महर्जन, विश्वन्तर शाक्य, सुविनकुमार श्रेष्ठ, विकास माली र अनुप महर्जन चयन भएका छन् ।

निर्वाचित सबैलाई निर्वाचन अधिकृत एवं पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गरे ।

यस अघि, सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै पत्रकार दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकारितालाई समावेशी बनाउन, मातृभाषाको पत्रकारिताको विकासमा पुर्‍याएको भूमिकाबारे केन्द्रीत गरी आफ्नो भनाई राख्नुभयो ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले पत्रकारिताको विकासको लागि पत्रकार राष्ट्रिय दबूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

Categorized in समाज