बृहस्पति ग्रहमा १२ वटा चन्द्रमा थपियो
SamacharDesk | २०७९ माघ २२, आइतबार

बृहस्पति ग्रहमा थप १२ वटा चन्द्रमा रहेको दाबी खगोलबिदहरुले गरेका छन् ।
सौर्य मण्डलमै सबैभन्दा धेरै चन्द्रमा रहेको दाबी गर्दै आएका खगोलविद्हरुले बृहस्पती ग्रहमा थप १२ वटा चन्द्रमा पत्ता लागेसंगै बृहस्पतिमा कुल ९२ चन्द्रमा पत्ता लगाएको जनाएका छन् ।
खगोलबिदहरुले यसअघि शनि ग्रहमा ८३ वटा चन्द्रमा पत्ता लागेका बताएका थिए । अमेरिकाको हवाई र चिलीमा गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको हो ।
नयाँ चन्द्रकोमा आकार ०.६ माइलदेखि दुई माइलसम्मका रहेको बताइएको छ । आउँदो अप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ ।
अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) ले पनि आउँदो वर्ष अर्को यान प्रक्षेपण गर्नेछ । खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय