arin enterprises

सासोउलो माथि युभेन्ट्सको जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३०, बिहिबार

 इटालियन सिरी ए फुटबल युभेन्ट्सले सासोउलो माथि जित निकालेको छ ।

बुधबार रति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन एड्रिन राबिओटले २८ औं मिनेटमा, क्रिस्टियानो रोनाल्डोले ४५ औं मिनेटमा  र पाउलो डिबलाले ६६औं मिनेटमा गोल गरे ।

यता सासोउलोका गियाकोमा रास्पडोरीले ५९ औ मिनेटमा एक गोल फर्काए ।

यसअघि १६ औं मिनेटमा सासोउलोले पाएको पेनाल्टिमा गोल गर्न सकेन । सासोउलोको डोमिनिको बेरार्डीले प्रहार गरेको पेनाल्टीलाई युभेन्ट्सका गोलकिपर बुफोनले बचाए ।

यो जितसँगै पाँचौं स्थानमा रहेको युभेन्ट्सले ३६ खेलमा ७२ अंक जोडेको छ । सासोउलो ५६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स