इन्टर विरुद्ध युुभेन्टेसको खेलमा तिनवटा रातो कार्ड
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २२, बुधबार

कोप्पा इटालियाको सेमिफाइनल अन्तर्गतको इन्टर मिलान विरुद्ध युुभेन्टेसको पहिलो लेगको खेलमा तिनवटा रातो कार्ड देखाइएको छ । खेलमा रोमेलु लुकाकु सहित अरु दुई खेलाडिलाई रातो कार्ड देखाइएको हो ।
गएराति भएको खेलमा लुकाकुलाई ९५औं मिनेटमा युभेन्ट्सविरुद्ध पेनाल्टीमा गोल गरे लगत्तै रातो कार्ड देखाएको थियो ।
इन्जुरी टाइमको पाँचौ मिनेटमा ग्लेसन ब्रेमरले ह्यान्डबल गरेपछि एक गोलले पछि परेको इन्टरलाई पेनाल्टी दिइएको थियो। जसमा लुकाकुले बराबरी गोल गर्न सफल भए ।
युभेन्ट्सका फ्यानहरुका अगाडि गएर सेलिब्रेसन गरेको भन्दै लुकाकुलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाइएको थियो ।
उनले रातोकार्ड पाएपछि दुवैतर्फका खेलाडीहरू झगडामा उत्रिएका थिए। जसका कारण थप दुई रातो कार्ड देखाइको थियो ।
खेलको अन्तिम सिट्टीपछि इन्टरका कप्तान ह्यान्डानोभिक र युभेन्टसका कुआड्राडोलाई रातो कार्ड देखाइएको थियो ।
त्यसअघि जुआन कुआड्राडोले ८३औं मिनेटमा गरेको गोलबाट गोल गर्दै युभेन्टसले अग्रता लिएको थियो ।
पहिलो लेग १–१ गोलको बराबरी सकिएसँगै अब सेमिफाइनलको दोस्रो लेग २७ अप्रिलमा हुनेछ ।
Categorized in स्पाेर्ट्स