arin enterprises

शानदार जित सहित युभेन्ट्स क्वार्टरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २०, शुक्रबार

युभेन्ट्सले सालेर्निटानामाथि शानदार जित निकाल्दै इटालियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार घरेलु मैदानमा सालेर्निटानालाई ६–१ गोल अन्तरले हराउँदै युभेन्ट्सले अन्तिम ८ मा स्थान बनाएको हो ।

खेलको पहिलो मिनेटमै युभेन्ट्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै चुकबुइकेम इकवुमेसीले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको ११ मिनेटपछि फेबियो मिरेटीले युभेन्ट्सका लागि बराबरी गोल गरे ।

एन्ड्रिया कन्बियासोले युभेन्ट्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।डेनियल रुगानीले युभेन्ट्सलाई ३–१ ले अघि बढाउँदा डायलन ब्रोनले आत्मघाति गोल गर्न पुगे । केनान यिल्डिज र टिमोथी वेहले गोल गर्दै युभेन्ट्सलाई ६–१ को शानदार जित दिलाए ।

अन्तिम ८ मा युभेन्ट्सले फ्रोसिनोनसँग खेल्ने छ ।

यस्तै फियोरेन्टिनाले बोलोग्नासँग, लाजियोले रोमासँग र एसी मिलानको भिडन्त एटलन्टासँग हुनेछ ।

Categorized in स्पाेर्ट्स