arin enterprises

१९औं ज्यापू दिवस भव्यरुपमा मनाइने

SamacharDesk – Ram Dangol | २०७९ मङ्सिर १६, शुक्रबार

हरेक वर्ष भैंm यस वर्ष पनि नजिकिंदो १९औं ज्यापू दिवस भव्यरुपमा मनाउन व्यापक तयारी भइरहेको छ ।

यसवर्ष ज्यापू दिवस काठमाडौं महानगरपालिका २१ वडास्थित गोफल टोलको संयोजनमा हुन लागेको छ । १९औं ज्यापु दिवस भव्यरुपमा मनाउन आवश्यक सम्पूर्ण तयारी भइरहेको आयोजकले जानकारी दिएका छन् । आउँदो थिंलाथ्व अर्थात मंसिर २२ गते यःमरि पुन्हीका दिन १९औं ज्यापु दिवस भव्यरुपम मनाउन लागिएको हो ।

ज्यापु दिवस तयारी समितिका संयोजक, ज्यापु महागुथि अध्यक्ष पञ्चनारायण महर्जनले सो दिन विहान ७ बजेदेखि लगनमा उपत्यका तथा उपत्यका बाहिरका सम्पूर्ण ज्यापु समुदायका व्यक्तिहरु जम्मा भई वृहत सांस्कृति ¥याली निकाल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

सो दिन लगनमा वृहत भेला भएर पूरै नगर परिक्रममा गर्ने र वसन्तपुरमा पुगेर सभामा परिणत गर्ने तयारी छ । सो अवसरमा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रण गरिएको पनि आयोजकले बताए ।

यसअघि दिवस वृहत रुपमा सम्पन्न गर्न काठमाडौंको ७३ वटै टोलहरुमा भेला, गोष्ठी तथा सुझावहरु संकलन गर्ने लगायत प्रचारप्रसारको कामहरु पनि दु्रत गतिमा भइरहेको समितिका संयोजक महर्जनले बताउनुभयो ।

प्रचारप्रसारकै क्रममा मंसिर १७ गते शनिबार लगन टोलमा सुकुन्दा ¥यालीको समेत आयोजना गरिएको छ ।

ज्यापु दिवसका अवसरमा वसन्तपुरमा नेवाः जाति, भाषा, साहित्य, संस्कृति, पहिचान आदि क्षेत्रमा योगदान पु¥याउनु भएका विशिष्ट व्यक्तित्वहरुलाई विभिन्न सम्मानका साथै पुरस्कार पनि वितरण गर्ने कार्यक्रम रहेको आयोजकले बताए ।

Categorized in स्थानीय