arin enterprises

ज्यापु महागुथिले जनप्रतिनिधिहरुलाई सम्मान गर्ने

SamacharDesk – बिराज | २०७९ जेठ २५, बुधबार

ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले महानगरमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ ।

महागुथिले आउँदो शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित सबै जनप्रतिनिधिहरुलाई सम्मान गर्न लागिएको हो ।

कार्यक्रममा काठमाडौं महानगर प्रमुख र उपप्रमुखको साथमा काठमाडौं महानगरका ३२ वटै वडामा निर्वाचित सम्पूर्ण वडाध्यक्ष र वडा सदस्यहरुलाई सम्मान गर्न लागिएको हो ।

सफल कार्यकालको शुभकामनाको साथमा स्थानीय मुद्दाका विषयमा ध्यानाकर्षण गराउन यस कार्यक्रमको आयोजना गर्न लागिएको समितिका अध्यक्ष पंचनारायण महर्जनले बताए ।

‘पार्टी वा स्वतन्त्र भन्ने विषयले अब महत्व राख्दैन, अब सबैजना जनताका प्रतिनिधि हुन् । जनप्रतिनिधिलाई जनताको मुद्दा, विषवस्तु, मागको विषयमा जानकारी गराउन, ध्यानाकर्षण गराउन यो कार्यक्रम आयोजना गर्न लागेका हौं’ अध्यक्ष महर्जनले भने ।

सोही कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेका मनिष महर्जन र ओम्निका डंगोलको साथमा मिस नेवाः ११४२ सलिना महर्जनलाई पनि सम्मान गरिने आयोजकले जानकारी दिएको छ । 

Categorized in समाज