ज्यापु कल्याण भवनको शिलान्यास
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण २५, बुधबार

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बुधबार ज्यापु समाज यलको ज्यापु कल्याण भवनको शिलान्यास गरेका छन् ।
ललितपुर–११ स्थित पलँध्वाखामा १२ आना जग्गामा उक्त भवन बन्न लागेको ज्यापु समाज यलले जनाएको छ ।
बुधबार उक्त भवनको शिलान्यासका क्रममा ललितपुरका ४० वटा टोलको धिमय् बाजा बजाइएको छ ।
यससँगै ४० वटै टोलका प्रतिनिधिहरूले किसली चढाई नेवार परम्परा अनुशार विधिवत् पूजा गरेका छन् ।
चार तल्लामा बन्ने उक्त भवनमा आधुनिक तालिम कक्ष, सभाकक्ष, कार्यालय कोठा हुने जनाइएको छ ।
उक्त भवनमा तालिम, सभा, गोष्ठी र सम्मेलन सञ्चालन गरिने जनाइएको छ ।
करिब चार करोड लागतमा उक्त भवन तयार हुन लागेको हो । भवन निर्माणका लागि स्व. चिरिमैं महर्जनबाट जग्गादान र महानगरपालिकाबाट ६० लाख आर्थिक सहयोग प्राप्त भएको ज्यापु समाज यलले जनाएको छ ।
