arin enterprises

कामीरिताको २७औं पटकको विश्व कीर्तिमान

SamacharDesk | २०८० जेठ ३, बुधबार

आफनो नामको विश्व कीर्तिमान आफैं भंग गर्दै पर्वतारोही कामीरिता शेर्पाले २७औं पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् ।

उनलले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन्  यसअघि उनले २६ पटक सगरमाथा आरोहणको कीर्तिमानी कायम गरेका थिए ।

उनले सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ को एक हिस्साको रूपमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरेको हो। सोलुखुम्बुको थामेका ५३ वर्षिय शेर्पाले पाकिस्तानको केटु, चो ओयु, ल्होत्से र मनास्लुलगायतका हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।

सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् र विश्वको सर्वोच्च शिखर सगरमाथाको पर्याय बनेका छन् ।

बिख्यात पर्वतारोही कामीरिता शेर्पाले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन्।

Categorized in समाज