केन विलियमसन बने सनराइजर्स हैदरावादका नयाँ कप्तान
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १९, आइतबार

आइपिएलमा केन विलियमसन सनराइजर्स हैदरावादका नयाँ कप्तान बनेका छन् ।
हैदरावादले आइतबार डेभिड वार्नरलाई कप्तानीबाट हटाएर न्युजिल्यान्डका केन विलियनसनलाई जिम्मेवारी दिएको हो ।
वार्नरको कप्तानीमा रहेको हैदरावादले सुरुवाती ६ खेल मध्ये ५ खेलमा हार बेहोरेपछि अपेक्षा अनुरुप हैदरावादलाई कुशल कप्तानी दिन नसकेको भन्दै उनलाई कप्तानीबाट हताएको हो ।
यसअघि वार्नरले दिल्ली क्यापिटल्सविरुद्धको खेलमा मनीष पाण्डेलाई हटाएर विराट सिंहलाई खेलाएका थिए । जसका कारण टिम व्यवस्थापनसँग बिबाद बढेको थियो ।
आइतबार राजस्थानविरुद्धको खेलमा हैदरावादले वार्नरलाई हटाई चार जना विदेशी खेलाडीको कोटामा जोनी बेयरस्टो, केन विलियमसन, मोहमद नाबी र रासिद खान लाई खेलाएको छ ।
विलियनसनले यसअघि पनि हैदरावादको कप्तानी गरिसकेका छन् । उनले २०१८ र २०१९ को सिजनमा हैदरावादको कप्तानी गरेका थिए ।
उनको कप्तानीमा कुल २६ खेल खेलेको हैदरावादले १४ खेलमा जित निकालेको थियो । जसमा ११ खेल हार्दा १ खेल बराबरीमा सकिएको थियो ।
वार्नरले जारी आइपिएलमा ६ खेलमा दुई अर्धशतक सहित १९३ रन प्रहार गरको छ । उनी सिजनमा हैदरावादका लागि बढी रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।
शीर्ष स्थानमा रहेका बेयरस्टोले २१८ रन बनाएको छ।
Categorized in स्पाेर्ट्स