arin enterprises

केन विलियम्सनले आईपीएलमा बाँकी सबै खेल गुमाउने

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १९, आइतबार

केन विलियम्सनले आईपीएलमा बाँकी सबै खेल गुमाउने भएका छन् ।

शुक्रबार गुजरात टाइटन्सका ब्याट्सम्यान विलियम्सनलाई चेन्नई सुपरकिंग्स विरुद्धको आइपिएलको उद्घाटन खेलमा घुँडामा चोट लागेपछि कारण बाँकी सबै खेल गुमाउने भएका हुन् ।

उनले चन्नाईको इनिङ्सको १३ औं ओभरमा डिप स्क्वायर लेग बाउन्ड्रीमा क्याच लिने प्रयास गर्दा दायाँ घुँडामा चोट लागेको थियो ।

रुतुराज गायकवाडको ब्याटमा छक्का प्रहार गरेको बललाई क्याच लिने प्रयास गरेका थिए ।

उक्त प्रयासपछि उनले दुई रन बचाउन सफल भए, तर त्यसबेला विलियमसन आफ्नो दाहिने घुँडा समातेर मैदानमै पिडादायी अवस्थामा बसिरहेका थिए ।

केही समयको लागि उपचार पाए पनि उनी मैदानमा फर्कन सकेनन् । उनी अर्को हप्ता घर जानेछन् र त्यहाँ थप उपचार गर्नेछन् ।

टाइटन्सका क्रिकेट निर्देशक विक्रम सोलंकीले एक विज्ञप्ति निकाल्दै केनलाई यति चाँडै चोटले गुमाउनु दुःखद लागेको बताएको छ । साथै  उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनलाई छिट्टै मैदानमा देख्ने आशा गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै न्यूजिल्याण्डका प्रशिक्षक ग्यारी स्टेडले यो चोटलाई विलियम्सन र टोलीका लागि ठूलो धक्का भनेका छन्।

विलियमसन भर्खरै मात्र दुई वर्षदेखि दुख दिइरहेको कुहिनोको चोटबाट पूर्ण रूपमा निको भएका थिए ।

न्यूजिल्याण्डले हाल टेष्ट र एकदिवसीय पछि घरेलु मैदानमा श्रीलंकाविरुद्ध टी–२० सिरिज खेलिरहेको छ । न्युजिल्यान्ड त्यसपछि पाँच टी–२० र एकदिवसीय सिरिज खेल्न पाकिस्तान जानेछ।

आइपिएलका कारण यी सिरिजमा उनको नाम टिममा भने छैन ।

 

Categorized in स्पाेर्ट्स