कपनको ट्रेकिङ अफिसमा आगलागी हुँदा एकको मृत्यु
SamacharDesk | २०७९ आश्विन ५, बुधबार

कपनस्थित एक घरमा रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
राम मन्दिर नजिकै रहेको ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।
आगलागीबाट घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले बताएक छन् । घरको माथिल्लो तलामा रहेकाहरुको भने उद्दार गरिएको छ ।
साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको कारण आगो नियन्त्रणमा ल्याउन असहज भइरहेको बताइएको छ ।
Categorized in समाज