यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरुपमा फर्काइने
SamacharDesk | २०८० श्रावण २६, शुक्रबार

काठमाडौंको कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहराहरु काठमाडौं महानगरपालिकाले आजदेखि हटाउन सुरु गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिका र बुढानीकण्ठ नगरपालिकाबीच हिजो पुरिएका खोलाहरु खोलेर पुरानै स्वरुपमा फर्काउने काम आजदेखि शुरु गर्ने सहमति भएको हो ।
काठमाडौं महानगरपालिकाले खोला खोल्नका लागि हिजो डोजर परिचालन गरेकोमा स्थानीय केही ब्यक्तिहरुको विरोधका कारण स्थागित गर्नुपरेको थियो ।
त्यसपछि काठमाडौंका मेयर बालेन्द्र शाह र बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीबीच भएको वार्तामा दुवै खोला खोलेर पुरानै स्वरुपमा फर्काउने सहमति भएको हो ।
काठमाडौं महानगरपालिका १० र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सीमानामा रहेको सात तले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको थियो ।
काठमाडौं र बूढानीलकण्ठबीच सीमाङ्कन, रेखाङ्कन र नापजाँच गर्ने सहमति समेत भएको छ । यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका सवै संरचना भत्काइने भएको छ ।
पछिल्लो डेढ दशकमा भूमाफियाले खोला मिचेर अव्यवस्थित आवास क्षेत्र बनाएका छन् । जसका कारण यज्ञमति र चंखुचाखोखोला ढलमा परिणत भएका छन् । बर्षामा भने दुवै खोलाको बाढी सडकमा बग्दा कपन क्षेत्र डुबानमा पर्दै आएको छ ।
यज्ञमती र चखुँचाखोला खोल्न महानगरले गरेको एक पक्षहरु काम राम्रो भएको र खहरे खोला मिचेर बनाइएका संरचना भत्काउनुपर्ने धारणा राखेका छन् ।
उनीहरुले मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने बताएकाछन् । भुमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको एक पक्ष स्थानीय बताउँछन् ।
तर अर्काे पक्ष बुढानीलकण्ठ नगरपालिकाका वडावासीहरु भने बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्ने थाहा नदिकनै काठमाडौं महानगरपालिका दलबलसहित फिल्डमा आएको आएको आरोप लगाउँदै चोर बाटोबाट गरिएको निर्णय नमान्ने बतााउँदै आएका छन् ।
Categorized in स्थानीय