arin enterprises

जबरजस्ती गरेको अभियोगमा कार्की पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २, मंगलबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा उदयपुरमा एक ५० वर्षीय पुरुषलाई पक्राउ गरिएको छ ।

जबरजस्ती करणीको अभियोगमा उदयपुरको कटारी नगरपालिका–८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको टोलिले कार्कीलाई पक्राउ गरेको हो ।

महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध