arin enterprises

स्व. गणेशदेवी मानन्धरको स्मृतिमा काराओके सांगीतिक कार्यक्रम

SamacharDesk – Ram Dangol | २०७९ पौष २२, शुक्रबार

स्व.गणेशदेवी मानन्धरको स्मृतिमा कालिमाटीको एफ टेन पार्टी भेन्यूमा काराओके सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाली तथा हिन्दी गीतमा नव प्रतिभा तथा चर्चित गायक गायिकहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । स्व. गणेशदेवी मानन्धरको २ वर्षे पुण्यतिथिका अवसरमा गरिएको कार्यक्रममा कलाकारहरुले गीतमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

विगत लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहनुभएका डा. राजु मानन्धरको आयोजनमा भएको कार्यक्रमको सभापतित्व विजय कुमार मानन्धर, प्रमुख अतिथिमा वरिष्ठ गायक जुजुकाजी रन्जित तथा विशेष अतिथि वरिष्ठ निर्देशक पवन जोशी रहनु भएको थियो ।

कार्यक्रमको शुभारम्भ अथिति तथा विशेष अथितिले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । सो अवसरमा आयोजक डा. माननधरले आफ्ना ममतामयी माताको सम्झनामा गणेशदेवी मानन्धर फाउण्डेशनको पनि स्थापना गरेको थियो ।

कार्यक्रममा सांगीतिक क्षेत्रका अग्रज कलाकारहरुलाई सम्मान गरिएको थियो । डा. मानन्धर परदेशमा बस्ने भएपनि नेपाली तथा नेपालभाषाको सांगीतिक क्षेत्रमा लगाव अति नै रहेको छ । उहाँले रचेका ५ वटा रचना दोस्रो नेपालभाषा म्यूजिक भिडियो अवार्ड २०२२ को टप टेनमा पर्न सफल भएको थियो ।

कार्यक्रममा नव गायकगायिकाहरुलाई पनि प्रमुख अतिथि र विशेष अतिथिको हातबाट सम्मान तथा प्रमाणपत्र वितरण गराइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जुजुकाजी रन्जितले यस्ता कार्यक्रमले कलाकार्मीहरुको हौसला वृद्धि हुनुका साथै गायन क्षेत्रकै पहिचान हुने बताउनुभयो ।

कार्यक्रममा सांसदलगायत दिग्गज कलाकार तथा कलाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समाजसेवी इन्द्रबहादुर मानन्धरले गर्नुभएको थियो ।

Categorized in पेजथ्री