६० किलोमिटर क्षेत्रमा आधुनिक बत्ती जडान गर्दै काठमाडौँ महानगर
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ पौष २४, शुक्रबार

काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ ।
नगर कार्यपालिकाको ५५ औँ बैठकलाई आज राष्ट्रिय सभागृहमा सम्वोधन गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यही मङ्सिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच भएको सहमती अनुसार महानगरपालिकाले यो प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
‘काठमाडौँ महागरपालिकाले आफ्नो क्षेत्र भित्रका करीब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्ती जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइरहेको छ,’ प्रमुख शाक्यले भन्नुभयो ।
काठमाडौं महानगर भित्रका मुख्य–मुख्य सडकमा करीब १७ सय ५० वटा आधुनिक बत्ती जडान गर्न टेण्डर प्रक्रिया चाँडै हुन लागेको शाक्यले बताउनुभयो ।
काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरीपरी आधुनिक सडक बत्ती जडान गरिने जानकारी दिनुभयो ।
थापाले नयाँ बानेश्वर, माइतीघरलगगायतका स्थानमा अहिलेकै पोल प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने पनि जानकारी दिनुभयो ।
‘पहिलो चरणको बत्ती जडानका लागि ११ करोड खर्च हुने भएको छ । अब छिट्टै हामी टेण्डर प्रक्रियामा जाँदैछौँ’ थापाले बताउनुभयो ।
यो पनि पढ्नुहोला
काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुने
Categorized in स्थानीय