सहकारीको ऋण नतिर्नेलाई महानगरको चेतावनी
SamacharDesk | २०८० चैत्र ५, सोमबार

काठमाडौं महानगरपालिकाले एक सूचना जारी गरी सहरकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ ।
सूचना जारी गर्दै महानगरपालिका सहकारी विभागले आपूmले लिएको ऋणको साँवा र ब्याज समयमै तिर्न आग्रह गरेको हो ।
‘केही ऋणीहरूले लिएको ऋण रकमको समयमा सावाँ तथा ब्याज भुक्तानी गर्नु पर्नेमा केही ऋणीहरुले विभिन्न बहानाबाजी गर्ने, केहीले सहकारीको ऋण तिर्न नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारी अभिव्यक्तिका आधारमा ऋण चुक्ता नगर्ने गुनासाहरु आइरहेका छन ।’ जारी सुचनमा उल्लेख छ ।
सहकारीको ऋण तिर्नु नपर्ने भ्रममा नबस्न आग्रह गर्दै समयमा ऋण चुक्ता नगरे महानगरको सहकारी एने २०७४ बमोजिम कार्वाही हुने चेतावनी समेत दिएको छ ।
ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न भनेको छ ।
महानगरले ऋणीहरुले समयमै ऋण भक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था भएको समेत सूचनामा उल्लेख गरेको छ ।
Categorized in स्थानीय