arin enterprises

खल्ती र महानगरपालिकाबीच राजस्व संकलन डिजिटलाइजेसनको लागि साझेदारी

SamacharDesk | २०७९ मङ्सिर १६, शुक्रबार

"खल्ती"ले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँंग साझेदारी गरि आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ ।

यो सुविधा उपलब्ध भएलगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै : घर बहाल कर, सम्पति कर व्यवसायको कर अब खल्तीमार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।

यसअघि यो सेवा करदातापोर्टलमा लग इन गरि मात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको छ ।

यस सेवाकाबारे खल्तीका प्रमुखकार्यकारी अधिकृत बिनय खड्काले भन्नुभयो, “हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो ।

यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौं । काठमाडौं महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ ।”

करदाताले सो सेवाका लागि खल्ती एपको होमस्क्रिनमा गई “लोकल गभर्मेन्ट” गएर “काठमाडौं महानगरपालिका” छनौट गरि कर भुक्तानीकर्ता आईडी राखेर कर भुक्तानी प्रकार छनोट गरी घर बहाल कर, सम्पत्ति कर, व्यवसाय कर तिर्न सकिने खल्तीले जनाएको छ ।

Categorized in बिजनेस