मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
SamacharDesk – क्राइम ब्यूराे | २०७८ पौष २१, बुधबार

ललितपुरको कुपण्डोलमा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
मंगलबार राती भएको दुर्घटनामा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–९ छम्पी बस्ने ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।
बा.९५ प ५३३४ नम्बरको गुड्दै गरेको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका–७ बुरुमचुलीका ३६ वर्षीय दिपेश तामाङलाई सोही अस्पतालमा उपचार गरिँदैछ ।
Categorized in समाज